बाजुरामा निजी वित्तीय संस्थाको संख्या बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मदन विक, बाजुरा, १० भदौ । बाजुराको सदरमुकाम मार्तडीमा राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले विगतदेखि नै सेवा दिँदै आए पनि केही समययता निजी वित्तीय संस्थाको उपस्थिति बढ्दै गएको छ । पर्याप्त वित्तीय संस्थाहरु नहुँदा बैंकिङ कारोबारका लागि घन्टौं समय खर्चिन बाध्य बाजुरालीलाई निजी वित्तीय संस्थाहरूको संख्या बढेसँगै निकै सहज भएको छ ।

 

चालु आर्थिक वर्ष सुरु भएको एक महिना बित्दै गर्दा बाजुरामा तीनवटा वित्तीय संस्थाले शाखा विस्तार गरेका छन् । सदरमुकाम मार्तडीमा एनआईसी एसिया, सेन्चुरी बैंक र ग्रामीण विकास बैंकले शाखा विस्तार गरेका हुन् । सरकारी स्वामित्वका बैंकहरुले सेवा प्रदान गरिरहेका बेला गत वर्ष निर्धन उत्थान विकास बैंक पुगेको थियो । यो वर्षको भदौ पहिलो साता थप तीनवटा वित्तीय संस्थाको उपस्थिति भएसँगै बाजुराबासी पनि उत्साहित बनेका छन् ।

 

निजी बैंकहरुको आगमनले बैंकिङ सेवा थप प्रभावकारी हुने उनीहरुको बुझाइ छ । वित्तीय संस्था थपिएसँगै ठूलो आर्थिक कारोबारा गर्ने राष्ट्रिय वाणिज्य बैंंकमात्र हुँदा घण्टौं लाम लाग्नुपर्ने अवस्थाको अन्त्य भएको सेवाग्राही बताउँछन् ।

 

जिल्लामा भर्खरै खोलिएका बैंकहरुमध्ये सेन्चुरी कमर्सियल बैंकले भने एटीएमसहितको सेवा सुरु गरेको छ । बाजुरामा पहिलोपटक सेन्चुरीले एटीएमसहितको बैंकिङ सेवा दिएको हो ।

 

वित्तीय संस्थाको संख्या बढ्दै जाँदा लगानीको क्षेत्र फराकिलो हुने स्थानीयको विश्वास छ । तर, सदरमुकाममा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि बैंकिङ पहुँच बढ्दै जानुपर्ने उनीहरु बताउाछन् । सरकारी निर्णयअनुसार बाजुराका नौ वटै स्थानीय तहमा बैंकका शाखा खोलिएमात्र सरकारी कामकाजका साथै स्थानीयलाई पनि बैंकिङ कारोबारमा सहज हुने थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);