बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ४ माघ । चालु आर्थिक वर्षको पाँच महिनासम्म बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी गरेका छन् । आर्थिक वर्ष २०७४-७५ को पाँच महिनाको तथ्यांकमा आधारित रहेर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको तुलनामा ३ दशमलव ४ प्रतिशतले कर्जा प्रवाह बढी देखिएको हो ।

चालु आवको ५ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १६ दशमलव १ प्रतिशतले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । तर, निक्षेप परिचालन १२ दशमलव ७ प्रतिशतले मात्र बढेको छ । यसरी हेर्दा निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३ दशमलव ४ प्रतिशत कर्जा लगानी बढाएको देखिन्छ ।

निक्षेपको तुलनामा कर्जा लगानी बढ्दा अहिले राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाहेक अधिकांश वाणिज्य बैंकको सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेको छ । राष्ट्र बैंकका अनुसार मंसिरसम्म बैंकले १ खर्ब ३८ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी बढाएका छन् । यस्तै निक्षेप परिचालन १ खर्ब ५ अर्ब ९४ करोड रुपैयाँ मात्र गरेका छन् ।

५ महिनामा निक्षेप संकलन भन्दा कर्जा लगानी ३३ करोड रुपैयाँ बढी रहेको छ । केही बैंकहरुमा तरलता असहजता देखिए पनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको केन्द्रीय बैंकले बताएको छ । मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २४ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

कर्जा लगानी २१ खर्ब २४अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा व्यक्तिगत निक्षेप १३ खर्ब २० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रमा प्रवाह गर्ने कर्जा ७ दशमलव २, विकास बैंकहरुको १२ दशमलव २ र वित्त कम्पनीको १ दशमललव ९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६१ दशमलव ९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ प्रतिशत कर्जा चालू सम्पत्ति धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलव ९ प्रतिशत र १४ दशमलव ६ प्रतिशत रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);