पर्यटकीय मौसम नजिकियसँगै होटल बुकिङ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १० भदौ । वर्षात् कम भएसँगै नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकहरुले होटल बुकिङ गर्न थालेका छन् ।

 

आगामी पर्यटकीय मौसममा नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकहरुले अनलाइनमार्फत टिकट बुकिङ गर्न थालेका हुन् । काठमाडौँसहित मुलुकका विभिन्न पर्यटकीय शहरहरुमा अव्यवस्थित तारे होटेलदेखि साना रेस्टुरेन्टहरुमा समेत बुकिङ भइरहेको नेपाल होटल संघ (हान)का महासचिव विनायक शाहले जानकारी दिएका हुन् ।

 

पाँच तारे होटल देखिपोखरा, खुम्बु, मुस्ताङ, अन्नपुर्ण लगायतका पदमार्गमा पर्ने होटल तथा होमस्टेसमेत झण्डै ५० प्रतिशत बुकिङ भइसकेको छ । सिजनका बेलासम्म शतप्रतिशत होटलहरु बुकिङ हुने महासचिव शाहको भनाइ छ । भूकम्पका कारण सन् २०१२ यता न्युन रहेको पर्यटकको संख्या यस बर्ष बढाउने सरकारको तयारी छ । तर आवश्यक भौतिक संरचनाहरु निर्माण सम्पन्न नहुँदा आशातित पर्यटक भित्रिन नसकेको होटल व्यवसायीहरुको भनाइ छ । सरकारले यस बर्ष ९ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);