आजबाट पत्रकार महासंघको महाधिवेशन सुरु, देशभरका पत्रकार काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमार्डौँ, ४ भदौ । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आज आईतबारबाट काठमाडौंमा सूरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् ।

 

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आज बिहान शुरु हुने महासंघको उद्घाटन प्रधानमन्त्री शेरदबहादुर देउवाले गर्ने महासंघले जनाएको छ। आजबाट तीन दिन सम्म चल्ने उक्त अधिवेशनले महासंघको आगामी कार्यकालका लागि नयाँ समिति पनि निर्वाचित गर्दै छ। आगामी नेतृत्वका लागि पत्रकारहरु प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन्।

 

नेपाली कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरको प्यानल बनेको छ जसबाट अध्यक्षमा गोविन्द आचार्यले उमेद्वारी घोषणा गरेका छन् भने एमाले निकट प्रेस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ लगायतका संगठनको तर्फबाट तीर्थ कोइरालाले उम्मेदवारी घोषणा गरेका छन्।

 

महाधिवेशनले आउँदो कार्यकालको लागि अध्यक्ष, महासचिव, कोषाध्यक्ष, दुई उपाध्यक्ष, ६ सचिवसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा १५ सयभन्दा धेरै प्रतिनिधि सहभागी छन्। यस्तै महासंघका वर्तमान महासचिव उजिर मगरले पनि अध्यक्षका लागि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन्। नयाँ नेतृत्व चयनका लागि भोलि सोमबार चुनाव हुने महासंघले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);