३० वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

३० वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ, ५ असोज । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते निर्वाचन सम्पन्न भएका स्थानीय तह मध्ये ३० वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।

मतगणना बाँकी रहेका स्थानीय तहमध्ये एकाध स्थानमा गतिरोध उत्पन्न भएका कारण सर्बदलीय सहमति गरी मतगणना सुचारू गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना कार्यलाई शीघ्रताका साथ सम्पन्न गर्नका लागि हाल ३३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको छ । त्यस्तै, राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजबिराज नगरपलिका वडा नम्वर १५ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म विजयी भएका उमेद्वारको नामावली

कांग्रेस-१० स्थानमा विजयी

मेयर तथा अध्यक्ष

१. विश्वमोहन यादव, नवराजपुर गाउँपालिका: सिराहा

२. अब्दुल वारिक शेष, जनकनन्दिनी गाउँपालिका: धनुषा

३. ब्रहम देव यादव, औरही गाउँपालिका: धनुषा

४. शेष वकिल, परोहा नगरपालिका: रौतहट

५. रामआश्रे साह, धनकौल गाउँपालिका: सर्लाही

६. परमानन्द यादव, बेल्ही चपेना गाउँपालिका: सप्तरी

७. निलाम्बर यादव, विष्णुपुर गाउँपालिका: सप्तरी

८.  भुवनेश्वर धामी, करैयामाई गाउँपालिका: बारा

९. बद्री नारायण सिंह,  धनाैजी गाउँपालिका : धनुषा

१०.  कृष्णप्रसाद बर्मा  रामनगर गाउँपालिका :सर्लाही

 

एमाले स्थानमा विजयी

मेयर तथा अध्यक्ष 

१. डम्बर बहादुर राउत क्षेत्री, बाटेश्वर गाउँपालिका: धनुषा

२. मनोजकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिका: धनुषा

३. हरिनारायण चौधरी, पटेर्वा सुगौली गाउँपालिका: पर्सा

४. उत्तमकुमार शर्मा, सप्तकोसी नगरपालिका : सप्तरी

माओवादी केन्द्र स्थानमा विजयी

मेयर तथा अध्यक्ष 

१.रिना कुमारी शाह, मौलापुर नगरपालिका: रौतहट

२. ठकु महतो कोइरी, अर्नमा गाउँपालिका: सिराहा

३. गंगा पासवान, कर्जन्हा नगरपालिका: सिराहा

४.सिद्धार्थ यादव ,औरही गाउँपालिका: सिरहा

५. पदम लाल श्रेष्ठ, ठोरी गाउँपालिका: पर्सा

 राष्ट्रिय जनता पार्टी नेपाल स्थानमा विजयी

मेयर तथा अध्यक्ष

१. रामप्रसाद राय यादव,  कौडेना गाउँपालिका: सर्लाही

२. राम ज्ञान मण्डल,  मेयर हंशपुर नगरपालिका: धनुषा

३. चन्दन कुमार सिंह, देवताल गाउँपालिका: बारा

४. शिवनारायण साह,  डाकनेश्वरी नगरपालिका : सप्तरी

५. सुनिलकमार राय,  महोत्तरी गाउँपालिका : महोत्तरी

फोरम लोकतान्त्रिक स्थानमा विजयी

मेयर तथा अध्यक्ष

१.जवाहर लाल यादव, अध्यक्ष बिष्णु गाउँपालिका: सर्लाही

२. सन्तोष कुमार मेहता, इशनाथ नगरपालिका: रौतहट

संघीय समाजवादी फोरम स्थानमा विजयी

मेयर तथा अध्यक्ष 
१. जागेश्वर यादव, विष्णुपुर गाउँपालिका: सिराहा

२. बेचनप्रसाद यादव, गवानपुर गाउँपालिका: सिराहा

३. किशुन देव राय,  पर्सा गाउँपालिका : सर्लाही

नेपाली जनता दल

१. नथुनी कुशवाह,  कालिका गाउँपालिका : पर्सा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);