एमाले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ५ असोज । नेकपा एमाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको छ । बिहीबार बसेको पार्टी स्थायी समिति बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्ने निर्णय गरेको हो ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने गरी रणनीति तय गर्ने निर्णय गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

सोही निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्न शुक्रबारबाट एमालेले केन्द्रिय समितिको बैठक बोलाएको हो । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि बहुमत ल्याउने गरी रणनीति तय गर्ने विषयमा केन्द्रिय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गरिएको सचिव ज्ञवालीले जानकारी दिए ।

एमाले स्थायी समिति बैठकले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा आफ्ना पार्टीका नेता कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै आपत्ति पनि जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);