एमालेकोभन्दा १०५ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

एमालेकोभन्दा १०५ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं । मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको छ । आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । मतगणना सम्पन्न भएकामध्ये सबैभन्दा बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेलेभन्दा कांग्रेसले १०५ बढी पालिकामा विजय प्राप्त गरेको छ । एमालेले हालसम्म १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । आयोगका अनुसार मतगणना भइरहेको पालिकामध्ये हाल ४३ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

Leave a Reply

ताजा समाचार