पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

woman dead

काठमाडौं, ७ साउन । स्याङ्जाको गल्याङ नगरपालिका–१० गाउँस्वारा बस्ने ५२ वर्षीया मायाँ सारूको पहिरोले घर पुरिँदा मृत्यु भएको छ।
बुधबार बिहान घरमाथिबाट पहिरो झर्दा माया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पहिरोमा परी मायाँकी २० वर्षीया छोरी नारायणी सारू घाइते हुनु भएको छ। उहाँलाई उपचारका लागि उद्दार गरी नारायणीलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ । पहिरोका कारण मायाँको घरमा पूर्ण क्षति भएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ मोदिडाँडाका तेजकुमार बराइलीको कच्ची घरमा पहिरो झर्दा मेचीनगर नगरपालिका–९ बस्ने टेकबहादुर विकको छोरा १५ वर्षीय विवेक दर्नालको पुरिएर मृत्यु भएको छ।