वातावरण विभाग र महानगरीय ट्राफिक प्रहरीद्वारा सवारीसाधनको आकस्मिकरुपमा प्रदूषण जाँच | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वातावरण विभाग र महानगरीय ट्राफिक प्रहरीद्वारा सवारीसाधनको आकस्मिकरुपमा प्रदूषण जाँच

sabari jacha

काठमाडौं, २० जेठ । सरकारले सवारीसाधनको आकस्मिकरुपमा प्रदूषण जाँच गरेको छ ।

सवारीसाधनले जथाभावीरुपमा धुवाँ फाली वातावरण प्रदूषण गराउने क्रम बढेपछि वातावरण विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर सवारीसाधनको आकस्मिकरुपमा प्रदूषण जाँच गरेको हो । विभागले आज गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको उपस्थितिमा काठमाडौंको थापाथलीदेखि माइतीघरसम्मको क्षेत्रमा सवारीसाधनको प्रदूषण जाँच गरेको छ ।

प्रदूषण जाँचमा आधा सवारीसाधन फेल भएका छन् । गृहमन्त्री रामबहादुर थापाले नागरिकहरुले स्वच्छ वातावरण नपाएसम्म मुलुकलाई समृद्ध बनाउने सपना साकार नहुने भएकाले सरकारले सवारीसाधनको आकस्मिकरुपमा प्रदूषण जाँच गरेको बताए । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वातावरण स्वच्छ बनाउन एक वर्षे अभियान सुरु गर्न लागेको जानकारी दिए । वातावरण विभागले विश्व वातावरण दिवसको अवसर पारी सवारीसाधनको आकस्मिक प्रदूषण जाँच गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);