विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला 

काठमाडौं । काठमाडौं, कास्की र बाजुरामा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही मन्दिर परिसरमा बिगत केही महिना अगाडिदेखि बस्दै आएका थिए ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । रुपा गाउँपालिका–६ रुपाकोट घर भएका गुरुङ २०७८ पुस २८ गतेदेखि उक्त आश्रममा बस्दै आएका थिए । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । तीनवटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);