लघुवित्तको चर्को ब्याजले छोरा परिवारसहित बेपत्ता, बुढी आमाको विचल्ली | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

लघुवित्तको चर्को ब्याजले छोरा परिवारसहित बेपत्ता, बुढी आमाको विचल्ली

डडेल्धुरा २४ माघ । डडेल्धुराका गाउँगाउँ टोलटोलमा समुह बनाएर लगानी गर्ने लघुवित्त संस्थाहरुको चर्को ब्याजका कारण किसानहरुको उठिबास भएको छ । न्यून आयस्रोत भएका किसानहरुलाई चर्को ब्याजमा ऋण लगानी गरेर पैसा असुली हुन थालेपछि किसानहरुको उठिबास भएको हो ।

ईन्जिनियर हुन डडेल्धुरा अमरगढी नगरपालिका–६ छचोडाकी ७२ वर्षीय मानी ताम्राकार । उनको एउटा छोरा थिए बुढेशकालमा भएको एउटा छोरा पनि ऋण तिर्न नसक्दा श्रीमती र छोराछोरी लिएर वेपत्ता भएका छन् । बुढेशकालमा गाउँलेको भरमा छाक टारिरहेकी उनलाई लघुवित्तका कर्मचारीहरुले दिने दुख दिएको उनको दुखेसो छ ।

न्यून आम्दानी गर्ने घरपरिवारका लागि आयआर्जनका लागि लिईने ऋणले केही दिन राहत महशुस भएपनि आम्दानी लिन नसकेपछि चर्को ब्याज तिर्नै हम्मेहम्मे पर्छ । अनि त्यस्ता घरपरिवारहरु लघुवित्त संस्थाहरुको ऋण तिर्न नसकेर पलायन हुने गरेको हुन । समूहका महिलाहरुलाई साहुँ त के ब्याज समेत तिर्न हम्मेहम्मे पर्ने गरेको छ । जिल्लामा लघुवित्त संस्थाहरूबाट लिएको ऋण तिर्न नसक्दा अधिकाशं स्थानीयको बिचल्ली भएको छ । कतिपयका घरमा संस्थाका कर्मचारी आएर ताला लगाइदिएका छन भने कतिपय ऋण र संस्थाका कर्मचारीले दिने मानसिक यातनाका कारण गाउँ नै छोडेर अन्यत्र पलाएन भएका छन ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन बिना धितो गरिव तथा विपन्न बर्गको आयस्तर सुधार्न भन्दै गाउँगाउँमा पुग्ने गरेका यस्ता संस्थाले सोझा साझा महिलालाई आर्थिक र समाजिक रूपमा दोहोन गर्दै आएका छन । महिलाको समुह बनाइ बचत गरेको रकमबाट उनीहरूलाई नै चर्को ब्याजदरमा ऋण दिइ उनीहरूको उठिबास गराउका समाजसेविको भनाई छ ।

बचत र ऋण असुलीका लागी संस्थाका कर्मचारीले कतिपयका घरायसी सामान जफत गरेका छन । गाउँमा अहिले बुद्धबुद्धा र केटाकेटी मात्रै भेटिन्छन । अपरिचित मान्छे गाउँमा पस्दा लघुवित्तका कर्मचारी पो आएकी भनेर स्थानीयको भागाभाग हुनेगरेको छ । लघुवित्त संस्थाहरुले चर्को ब्याज असुलेको भन्दै लघुवित्त संस्थाहरु विरुद्ध सधर्ष समिति नेपालले विराध सभा पनि गरेको छ ।

जिल्लाका धेरै संख्यामा लघुवित्त संस्थाहरुले वडा र टोलमा समुह बनाएर काम गरिरहेकोले ऋण लगानी नगरि कर्मचारीको प्रगती नदेखिने भएकाले हचुवाको भरमा लगानी गर्नुले स्थानीयहरु डुवेका छन ।
यता, जिल्ला प्रशासन कार्यालय डडेल्धुराले लघुवित्तबाट बदमासी, अनियमितता जस्ता गलत काम भएको भए आफूहरूलाई जानकारी दिन पीडितलाई आग्रह गरेको छ ।

गाउँघरमा आर्थिक समस्या पर्दा सहजै समस्या टार्ने गरेका साना वित्तिय संस्थाहरुले पछिल्लो समय संस्थाको कारोवार बढाउने उद्देश्यले समूहमा लगानी गर्दा जोखिम बढेकाले ऋण लिने ब्यक्तिको आयस्तर नहेरि महिलाको समुह बनाइ बचत गरेको रकमबाट उनीहरूलाई नै चर्को ब्याजदरमा ऋण दिइ उनीहरूको उठिबास गराउने यस्ता संस्थाबाट सचेत हुन जरुरी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);