वनरक्षक र तस्करबीच गोली हानाहान, १ जना तस्करको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वनरक्षक र तस्करबीच गोली हानाहान, १ जना तस्करको मृत्यु

taskar

पर्सा, १५ चैत । पर्सा राष्ट्रिय निकुञ्जमा बन रक्षक टोली र जनावर तस्कर बिच दुई तर्फी गोली हानाहान भएको छ । दोहोरो गोली हानाहानमा १ जना तस्करको मृत्यु भएको छ, भने एक जना पक्राउ परेका छन् ।

घटनामा मकवानपुर पदमपोखरी १३ का भिमलाल मोक्तानको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । सोही स्थान बस्ने मोहन सिंह मोक्तान पक्राउ परेका छन् । बनरक्षक टोलीले तस्करहरुको साथबाट २ थान भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने गोली र केही बारुद नियन्त्रणमा लिएको छ ।

निकुञ्जको मुख्य क्षेत्रमा जनावर मार्न पसेका तस्करहरुको समुहले हतियार पड्काए पछि दोहरो भिडन्त भएको थियो । दोहोरो भिडन्तका क्रममा नेपाल सेनामा जमदार मिन बहादुर सन्त्याल गोली लागेर घाइते भएका छन् ।

पक्राउ परेका तस्कर मोहन सिहंलाई राष्ट्रिय निकुञ्ज संरक्षण ऐन २०२९ अनुसार कारवाही अगाडि बढाइने निकुञ्जले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);