७२ हजार केजी चिनी नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

७२ हजार केजी चिनी नष्ट

sugar

बारा, २३ चैत । राजस्व अनुसन्धान कार्यालय पथलैयाले परिक्षका लागि पठाएको नमुना खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरे पछि आज सोमबार नष्ट गरेको हो ।

खाद्यको प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते पथलैयालाई पत्र पठाएर सो चिनी नष्ट गर्न अनुमति दिएको थियो । ७२ हजार केजी चिनी १ वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको थियो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथोपटक पठाएको नमुना परीक्षणको प्रतिवेदनमा पनि सेवन गर्न अयोग्य भनी प्रमाणित भएपछि अन्ततः सो चिनी अगामी सोमबार (चैत २३ गते) नष्ट गर्न लागिएको हो । २०७६ फागुन २५ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भनेको भारतीय चिनी मिलेमतोमा जलेश्वर भन्सारबाट नेपाल भित्रिएको आशंकामा नियन्त्रणमा राखेको थियो ।

चिनी लिलाम बिक्री प्रकियाअन्तर्गत राजस्व अनुसन्धान कार्यालय पथलैयाले फागुन १३ गते नमुना परीक्षणका लागि जनकपुर पठाएको थियो । चौथोपटक गरिएको नमुना परीक्षणमा पनि सेवन गर्न अयोग्य प्रमाणित भएपछि सो चिनी राजस्वले सोमबार नष्ट गरेको हो ।

राजस्व अनुसन्धान पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक पाण्डेयले सेवन गर्न अयोग्य प्रमाणित भएको चिनीलाई अदालतले आवश्यक व्यवस्थापन गर्नु भनेकोले चिनी नष्ट गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);