कन्चनपुरको आनन्दबजारमा सशस्त्रको स्थायी बोडर आउट पोष्ट स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कन्चनपुरको आनन्दबजारमा सशस्त्रको स्थायी बोडर आउट पोष्ट स्थापना

bop-kanchanpur

किशोर तामाङ्ग
कञ्चनपुर, २० चैत
। कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको विवादित क्षेत्र आनन्द बजारमा सरकारले सशस्त्र प्रहरीको स्थायी बोडर आउट पोष्ट स्थापना गरेको छ । भारतीय सिमा नाकाबाट हुने अवैध सामानको ओसार पसार, सिमा सुरक्षा तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न पोस्ट स्थापना गरिएको हो ।

कञ्चनपुरको भारतीय सीमा क्षेत्रमा नेपालीहरुले भारतीय पक्षबाट वर्षाैदेखि थिचोमिचो सहंदै आएका छन् । नेपाली सुरक्षाकर्मी नहुंदा सीमा क्षेत्रमा आउजाउ गर्ने नेपालीहरु कुटपीटदेखि लुटपाटसम्मको समस्या भोग्न बाध्य छन् । यसरी सिमा क्षेत्रमा नेपालीहरुले भोगिरहेका समस्याको अन्त्यका लागि र सुरक्षाको लागि सहायता गर्न सरकारले कञ्चनपरको पुनर्वास नगरपालिकामा स्थायी बोडर आउट पोष्ट बीओपीको स्थापना गरेको हो ।

भारतीय सिमाना उत्तर प्रदेशको लखिमपुर खिरि सिमावर्ती भारतीय बजार बसही पर्दछ । पुनर्वासका अधिकांश नेपाली बसिन्दा केही सस्तो हुने लोभमा भारतीय बजार पुग्ने गर्दछन । भरतीय बजार आवत जावतमा सहज बनाउनका निम्ति गत २०७३ फाल्गुन २६ गते कञ्चनपुरको पुनर्वास न.पा. वडा नं. ४ अनान्द बजार स्थित करगिल डाँडाको खोल्सामा नगरपालिकाको बजेटमा नेपाली भुमीमा कल्भर्ट निर्माण गर्न लाग्दा भारतीय सुरक्षा फौज एसएसबीको अवरोधपछि तनाव श्रृजना भएको थियो ।

विवाद चक्रिएपछि एसएसबीले नेपाली भुमीमै प्रवेश गरि नेपाली माथि गोली चलाउँदा गोविन्द गौतम मारिए । सो घटना पश्चात सुरक्षाको दृष्टिकोणले आनन्द बजार कार्गिल डाँडामा दुई वर्षदेखि अस्थायी रूपमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट सञ्चालन हुँदै आएको थियो । अब भने औपचारिक रूपमा पुनर्वासको आनन्द बजारमा स्थायी कार्यालयको स्थापना गरिएको छ ।

यो सहित शसस्त्र प्रहरीको कञ्चनपुरमा चौथो बि ओ पी पोष्ट बनेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले त्यहाँका बासिन्दाका जनचाहना अनुसार बीओपीको स्थापना गरिएको जानकारी दिए ।

पुनर्वास क्षेत्रमा सरकारी सुरक्षाफौजको उपस्थिति प्रभावकारी नहुँदा खासगरी दशैं तिहार जस्ता ठूला जाडवाडका बेला सीमा क्षेत्रमा भारतबाट काम गरी फर्कन नेपालीहरुले ठूलै सास्ती भोग्नु परेको थियो । लुटपाट र कुटपीटले नेपालीहरु आजिद थिए । अब स्थायी बीओपी स्थापना भएसँगै कञ्चनपुर पुनर्वास क्षेत्रका स्थानीय वासिन्दाले सुरक्षाको अनुभूति गरेका छन् । नेपाली सुरक्षा फौजको उपस्थितिसँगै अब त्यहाँबाट हुने अवैध कारोवार नियन्त्रणमा आउने विश्वास गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);