नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै

syata light

काठमाडौं, २१ चैत । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जि्नियाबाट प्रक्षेपण हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो ।

जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);