संघीय संसदमा सरकारको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संघीय संसदमा सरकारको चर्को आलोचना

काठमाडौं, २० भदौ । मन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिई हत्या गर्ने काम भएको भन्दै संघीय संसदमा सरकारको चर्को आलोचना भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हक विरुद्ध बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिने र हत्या गर्ने काम भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सांसदहरु अमरेश सिंह, लक्षमणलाल कर्ण, भरत शाह लगायतको सो घटनाको विरोध गर्दै छानविन समिति गठन गरि सत्य तथ्य बाहिर ल्याउन माग गरेका हुन् । उनीहरुले घटनाबारे सम्बन्धीत मन्त्रीले सदनमा आएर जानकारी गराउन माग गरे ।

सांसद लक्ष्मणलाल कर्णले सरकारले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गरेको भन्दै मानवअधिकार विरुद्धका सरकारका क्रियाकलाप विरुद्ध जागरुक हुन संसदको ध्यानाकर्षण गराए ।

संविधानले सबैलाई वाक स्वतन्त्रता र शान्तिपुर्ण भेला हुने स्वतन्त्रता दिएको भएपनि भदौ ७ गते बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले राम मनोहर यादवलाई नियन्त्रणमा लिई गैह् न्यायिकरुपमा नियन्त्रणमा लिई हिरासतमा नै हत्या गरेको दाबी गरे ।

प्रहरीले यादवलाई गैह् न्यायिक तरिकाले हिरासतमा राखेर अमानविय ढंगले निर्मम कुटपीट गरी बेहोस बनाएको र त्यसपछि उपचारको क्रममा स्थानीय अस्पताल घुमाएर अन्तमा काठमाडौको शिक्षण अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको भन्दै यस घटनाको सम्बोधन गर्नुको सट्टा सरकार मौन बसेको आरोप लगाए ।

उनले घटनाबारे सम्बन्धीत मन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा सरकार मौन बसेको भन्दै शुन्य र विशेष समयमा उठाईएको प्रश्नको जवाफ दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भने “शुन्य समय के हो विशेष समय के हो सरकारको वास्ता देखि बाहिरको कुरा हो ।

मानवअधिकारको हनन भईरहँदा संसदमा चुप लागेर बस्न नसक्ने भन्दै उनले संसदीय समिति गठन गरि सही प्रतिवेदन ल्याउने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराए ।

सांसद भरत कुमार शाहले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गर्ने घटनाको छानविन गरि सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले पीडितलाई राहतको व्यवस्था गरि दोषिलाई कारवाही गर्न पनि माग गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);