प्रहरी हिरासतमा व्यक्तिको हत्या भएको भन्दै संसदमा चर्को विरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रहरी हिरासतमा व्यक्तिको हत्या भएको भन्दै संसदमा चर्को विरोध

काठमाडौं, २२ भदौ । प्रहरी नियन्त्रणमा गैर न्यायिक हत्या भएको भन्दै संघीय संसदमा सरकारको चर्को आलोचना भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हक विरुद्ध बर्दियामा स्वास्थ्य मन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिने र हत्या गर्ने काम भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।

सांसदहरु अमरेश सिंह, लक्षमणलाल कर्ण, भरत शाह लगायतले सो घटनाको विरोध गर्दै छानविन समिति गठन गरि सत्य तथ्य बाहिर ल्याउन माग गरे । सांसदद्वयले घटनाबारे विभागीय मन्त्रीमार्फत सरकारको जवाफ समेत माग गरेका छन् ।

सांसदहरुले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा सरकारले नियन्त्रणमा लिएर व्यक्ति हत्या गरेको भन्दै सरकारका क्रियाकलाप मानव अधिकार विरुद्ध देखिएको आरोप लगाए । उनीहरुले संविधानले दिएको वाक स्वतन्त्रता र शान्तिपुर्ण भेला हुने स्वतन्त्रतालाई भदौ–७ देखि सरकारले नैं चुनौती दिएको बताए ।

सांसद भरत कुमार शाहले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गर्ने घटनाको छानविन गरि सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए । नेकपाकै सांसद भीम रावलले नेपालले बिमस्टेक, सार्क जस्ता कुनै पनि संगठनमा आफ्नो संवेदनशील राजनीतिक स्थितिलाई विर्सेर सैन्य अभ्यासमा संलग्न हुन नहुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);