सरकारका क्रियाकलापले प्रजातन्त्र र लोकतन्त्र खतरामा : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारका क्रियाकलापले प्रजातन्त्र र लोकतन्त्र खतरामा : कांग्रेस

nepali congress flag

काठमाडौं, २२ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र लोकतन्त्र खतरामा पर्दै गएको भन्दै नसच्चिए त्यस विरुद्ध गम्भीर कदम चाल्ने चेतावनी दिएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्यले संविधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कदमले प्राप्त उपलब्धी गुम्ने खतरा बढाएको भन्दै लोकतन्त्रको संरक्षणका लागि कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कालो झण्डा देखाएकै निहुँमा व्यक्ति नियन्त्रणमा लिने काम संविधानको बर्खिलाप भएको बताए । उनले डेमोक्रेसीमाथि प्रहार भईरह्यो भने नेपाली कांग्रेस मुकदर्शक बनेर नबस्ने चेतावनी दिए ।

उनले संविधानको मौलिक हक अन्र्तगतको धारा १६ र १७ ले प्रत्येक व्यक्तिलाई सम्मानपुर्वक बाँच्न पाउने हक र वाक तथा विना हतियार शान्तिपुर्ण भेला हुने स्वतन्त्रताको हक प्रत्याभुति गरेको स्मरण गराउँदै भने यो पुस्तक कुनै कागजको खोस्टा होइन र यो चनाचटपटे बेच्ने कागज पनि होइन । यो नेपालको मुल कानुन हो नेपालको संविधान ।

उनले संविधान विपरित महेन्द्रकालिन घटना हुन लागेको भन्दै गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराए । उनले भने राजा महेन्द्रको समयमा सहिद दुर्गा नन्दन झाले कालो झण्डा देखाएवापत फाँसीमा चढ्नुपरेको थियो । के आजको अवस्था राजा महेन्द्रको जस्तो हो ?

नेपालको संविधान देखाउदै उनले भने बर्दियाको गुलरियामा कालो झण्डा देखाउन मौलिक हकले कानुनी र संवैधानिक हक दिएको छ कि छैन ? हामी के यस्तै डेमोक्रेशिका लागि लडेका हौ ?

उनले महेन्द्रकालिन घटना हुन लाग्यो भने प्रजातन्त्रका लागि कांग्रेसले जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिए । उनले प्रहरी हिरासतमै मृत्यु भएका राममनोहर यादवको अहिलेसम्म पोस्र्टमाटम नगरिएको र जाहेरी पनि दर्ता नभएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले यादवको मृत्युबारे छानविन समिति गठन गरि सत्य तथ्य सार्वजनिक गर्न तथा पोस्र्टमाटम र जाहेरी दर्ता गर्न सरकारसंग माग गरे ।

उनले दैनिकजसो हुने गरेका व्यक्ति हत्या, बलात्कार जस्ता घटनामा गम्भीर र संवेदनशील बन्दै शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);