'तत्काल कर्जाको व्याजदर घटाउन सकिँदैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘तत्काल कर्जाको व्याजदर घटाउन सकिँदैन’

money

काठमाडौं, २४ साउन । बैंकर्स एशोसिएशन अफ नेपालले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने स्पष्ट पारेको छ । बैकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने स्पष्ट पारे।

नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर घटाउन निर्देशन दिईरहँदा एशोसिएसनले तत्काल त्यसो गर्न नसकिने जवाफ दिएको हो । एशोशिएसनका अध्यक्ष ढुंगानाले कर्जाको तत्काल ब्याजदर २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको तर्क गरेका छन् ।

उनले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने योजना पनि अघि सारेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले बैंकहरुले लगानीलाई आकर्षण गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने बताए ।

अध्यक्ष ढुंगानाले बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएकाले कर्जाको व्याजदर तत्काल घटाउन सकिने अवस्था नरहेको उनको भनाइ छ ।

देशका विभिन्न भागमा शाखा कार्यालयहरु स्थापना गर्दा बैंकको आन्तरिक खर्च बढ्न गएको एशोसिएशनको स्पष्टिकरण दिएको छ । अध्यक्ष ढुंगानाले बैंकहरुले देशभर सेवा प्रवाहका लागि शाखा विस्तारको काम गर्दा पनि आलोचना हुने गरेको भन्दै असन्तष्टि पनि व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);