बाँकेमा सरकारले पर्याप्त मल उपलब्ध गराउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँकेमा सरकारले पर्याप्त मल उपलब्ध गराउन सकेन

बाँके, ३० कात्तिक । बाँकेमा कृषि सामाग्री केन्द्रले पर्याप्त मात्रामा रासायनिक मल नल्याउँदा किसानहरु बजारबाट किन्न बाध्य भएका छन् ।

बाँकेमा रासायनिक मल करीब ५ हजार मेट्रिक टन खपत हुने भएपनि केन्द्रले माग भन्दा थोरै ल्याउँदा किसानहरुले निजि स्तरबाट किन्न बाध्य भएका हुन् । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय नेपालगञ्जका अनुसार राष्ट्रिय स्तरमै माग अनुसार आपुर्ति नभएकाले समस्या भएको बताएको छ ।

बाँकेमा ५७ हजार २ सय ५२ विघा खेती योग्य जमिन रहेको छ । त्यसमा ३७ हजार ८ सय ३८ विघामा धान, गंहु खेती गरिंदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);