मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताएकी छन् । शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगि रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताएकी हुन् । मल पर्याप्त रहेको उनको भनाई छ ।

मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने उहाँले बताईन् । हाल मल असार र साउनको निम्ति खेति लगाउने प्रयोजनका लागि पर्याप्त भएको भन्दै उनले भदौ र असोजका लागि मल ल्याउने तयारी भइरहेको भन्दै स्टक नराख्न किसानहरुलाई उनले आग्रह समेत गरिन् ।

मन्त्री अर्यालले कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषकको पहिचान सहित मल वितरणको व्यवस्था मिलाउन निर्देशन समेत दिएकी छन् । उनले सहकारीहरु दोस्रो पटक मल लिन आउँदा पहिलो पटक लगेको मल वितरणको मुल्य सूचिसहितको विवरण माग गरेर मात्रै दिन पनि निर्देशन दिईन् ।

स्थानीय तहलाई पनि पत्राचार गरेर मल स्टक नराख्न अनुरोध गर्नुपर्ने, मलको आपुर्ति र वितरण सँग जोडिएका कर्मचारीलाई स्वास्थ्य प्रोटोकल पालना गरेर निरन्तर सेवा प्रवाहमा खट्न पनि उनको निर्देशन छ । उनले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आपुर्ति र वितरणको दैनिक विवरण कृषि मन्त्रालयमा पेश गर्न निर्देशन दिईन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले हाल रासायनिक मल यूरिया २० हजार ८६ दशमलव ९५० मेट्रिक टन, डि.ए.पी ३९ हजार २ सय ८६ दशमलव ६८८ मेट्रिक टन, पोटास ४ हजार १ सय ४६ दशमलव ६५० मेट्रिक टन र कृषि चुन ४ सय ४४ दशमलव ५७५ मेट्रिक टन मौज्दात रहेको बताएको छ ।

साथै साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग हाल रासायनिक मल यूरिया मल १५ हजार २ सय ४ मेट्रिक टन, डि.ए.पी. १४ हजार ४ सय ४४ मेट्रिक टन र पोटास ३ हजार ८ सय ९६ मेट्रिक टन मौज्दात रहेको छ जनाएको छ । त्यस्तै रासायनिक यूरिया मल ६५ हजार मेट्रिक टन असार महिना भित्रै प्राप्त हुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडले संयुक्त रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);