प्रधानमन्त्रीद्वारा राष्ट्रिय कर दिवसको अवसरमा शुभकामना | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय कर दिवसको अवसरमा शुभकामना

KP OLI

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता, कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । यस वर्ष ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा कर दिवस मनाइँदैछ ।

कर दिवसले सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजूभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीको प्रभावकारी रुपमा पालना गर्न प्रोत्साहित गरोस भन्ने शुभेच्छा प्रधानमन्त्रीले ओलीले प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले वर्षौदेखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै अब स्रोतको प्रभावकारी परिचालन गदै आर्थिक वृध्दि दरलाई तीव्र र दीगो बनाउन राज्यका सबै संरचनाहरुको परिचालन हुनै पर्नेमा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);