कांग्रेस युवा नेता महासमितिबारे रणनीति बनाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कांग्रेस युवा नेता महासमितिबारे रणनीति बनाउँदै

nepali congress

काठमाडौं, १ मंसिर । कांग्रेस महासमिति भेला नजिकिएपछि युवा नेता रणनीति बनाउन जुटेका छन्। नेतृत्वमा सुधार र पार्टीमा आमूल परिर्वतन हुनुपर्ने अवधारणासहित उनीहरूले शुक्रबार बैठकसमेत गरे। बुधबार पनि उनीहरूको बैठक बसेको थियो।

महासमिति भेलाको तयारीमा पार्टी लागिरहँदा युवाहरू कसरी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित रहेको बैठकको अगुवाइ गरिरहेका युवा नेता तथा पार्टीका केन्द्रीय सदस्य गगन थापाले बताए। ‘निर्वाचनलगत्तै हामीले महासमिति भेला माग गरेका थियौं’, उनले भने, ‘अब कसरी अघि बढ्ने भन्नेमा छलफल चल्दै छ।’

लफलमा नेता थापासहित चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव, कमला पन्तलगायत सहभागी छन्। निर्वाचन परिणामपछि युवा नेताले पार्टीभित्रै छुट्टै प्रस्ताव पेस गर्दै आएका छन्। चैत–वैशाखमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरूले ५६ पृष्टको छुट्टै अवधारणा पेस गरेका थिए।

असार पहिलो साता हेटौंडामा सम्पन्न कांग्रेसको जिल्ला सभापति भेलामा समेत युवा नेताले आफ्नो अवधारणा जिल्ला सभापतिलाई बाँडेका थिए। कांग्रेस महासमिति बैठक मंसिर २८ देखि काठमाडौंमा हुँदै छ।

‘हामीले पार्टीले महासमिति भेला तयारीमै प्रभाव पार्ने कि पहिले जस्तै अवधारणा लिएर जाने भन्नेमा छलफलमा छौं’, थापाले भने, ‘अर्को बैठकसम्म टुंगोमा पुग्नेछौं।’ यो अभियानमा संलग्न युवा नेता सभापति शेरबहादुर देउवाको विरोधी खेमाका रूपमा चिनिन्छन्।

गत आइतबार मात्रै सभापति देउवाइतर समूहका शीर्ष नेताको छुट्टै बैठकसमेत भएको थियो। पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला सभापतिइतर समूहका नेता गोलबन्द भएर सभापतिविरुद्ध उत्रने चेतावनी दिएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);