सार्वजनिक जग्गामा तीनतले घर, नियम मिचेर ७६ घर बनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सार्वजनिक जग्गामा तीनतले घर, नियम मिचेर ७६ घर बनाइयो

Basti-Baseko-Thau

रामेछाप, १ मंसिर । रामेछापको उत्तरी गोकुलगंगा गाउँपालिका–१, चारैतिरबाट पहाडले घेरिएको सानो उपत्यका, गोकुलगंगाको मानव बस्तीभित्र भएको एक पर्यटकीय ठाउँ। साविकको चुचुरे गाविसको वडा नं. २, ४ र ५ मा फैलिएको झन्डै ६० हेक्टर सार्वजनिक जग्गा छ, तर त्यो जग्गाको करिब ३ सय रोपनी जग्गा स्थानीयले कब्जामा लिई तीनतलेसम्मका घर निर्माण गरी एउटा बस्ती नै बसालेका छन्।

जिरी पशु विकास फार्मले गाईपालनका लागि २००७ र २०१७ सालमा चुचुरेका स्थानीय मिजारहरूसँग लिएको उक्त जग्गामा फार्मले उन्नत जातका गाई पाल्दै आएको थियो। २०५७ सालमा तत्कालीन माओवादीले आक्रमाण गरेपछि त्यहाँ बनेका घरहरू सबै ध्वस्त भए। फार्ममा भएका गाई केही स्थानीयले लगे केही माओवादी कार्यकर्ताले फुकाएर जंगलतिर धपाइदिए।

आक्रमणपछि गौचरणमा परिणत भएको उक्त सार्वजनिक जग्गामा तत्कालीन माओवादीकै आडमा स–साना टहरा हुँदै तले घर बनाएर बसोबास गर्न थालेका स्थानीय अहिले कुनै पनि निकायसँग डराउँदैनन्, बरु शहरलाई व्यवस्थित गरी लालपुर्जा दिलाइदिन आग्रह गर्न थालेका छन्। भूकम्पपछि अस्थायी बसोबास गर्न आएका मानिस पनि अहिले त्यहीं घर बनाएर बस्न थालेका छन्। अहिले एउटै क्षेत्रमा ७६ परिवारले घर बनाएर बसेका छन्।

अहिले सार्वजनिक जग्गामा चाकेखोला जलविद्युत् आयोजनाका संरचनाहरू बनेका छन् भने निर्माणाधीन माथिल्लो खिम्ती आयोजनाले पनि त्यही जग्गा प्रयोग गर्दै आएको छ। सो गाउँपालिका–१ का वडाध्यक्ष मनीकुमार लामाले सार्वजनिक जग्गाको प्रयोग र व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको भएकाले अब उक्त स्थानमा नयाँ संरचनाहरू बन्न नदिने र बनेका संरचनालाई व्यवस्थित गर्ने तयारीमा वडा लागेको बताए।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);