मेयरको ठेक्कामा शून्य काम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मेयरको ठेक्कामा शून्य काम

Pole bistar

सुर्खेत, १ मंसिर ।  समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दा पनि पूरा भएको छैन। विद्युत् पोल विस्तारको ठेक्का लिएको तारुपरे निर्माण सेवा एन्ड सप्लायर्सका ठेकेदारले कामै नगरेपछि सुर्खेतमा ग्रामीण क्षेत्रमात्रै होइन, प्रदेश राजधानी वीरेन्द्रनगरका केही वडा पनि उज्यालोबाट वञ्चित छन्।

२०७२ असार १४ गते विभिन्न १५ गाउँमा विद्युतीकरणको ठेक्का लिएको तारुपरे निर्माण सेवा एन्ड सप्लायर्सका ठेकेदार गोविन्द पुनले दुईपटकसम्म म्याद थप गराए । डेढ वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट सल्यानको बनगाढ–कुपिन्डे नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि भने उनी सम्पर्कमा छैनन्।

२०७२ मंसिरमा सम्पन्न गर्ने भनी पुनले एक करोड ४२ लाख २५ हजार ४ सय रुपैयाँमा विद्युत् प्राधिकरणसँग सुर्खेतमा विद्युत् विस्तारसम्बन्धी दुईवटा ठेक्का सम्झौता गरेका थिए । सम्झौतालगत्तै ठेकेदार पुनले एड्भान्स पेमेन्ट ग्यारेन्टी (एपिजी) बापत १४ लाख १० हजार रुपैयाँ भुक्तानी लगिसकेका छन् । ‘नगरपालिकाको मेयरमा निर्वाचित हुनुअघिसम्म ठेकेदार सम्पर्कमा आउँथे’, नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाका एक कर्मचारीले भने, ‘निर्वाचित भइसकेपछि हामीलाई टेर्न छोडे।’

प्राधिकरणले ठेक्काको प्रगति विवरणसहित सम्पर्कमा आउन पुनलाई पटकपटक ताकेता गरेको छ तर उनी पद र शक्तिको दुरुपयोग गर्दै उनी सम्पर्कमै आउन मान्दैनन् । ‘अहिलेसम्म २० भन्दा बढी ताकेता पत्र पठाएका छौं’, विद्युत् प्राधिकरण सुर्खेतका प्रमुख सुरज भण्डारीले भने, ‘न सम्पर्कमा आएका छन् न पत्रको जवाफ नै दिएका छन्।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);