रामेछापमा सार्वजनिक जग्गा अतिक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रामेछापमा सार्वजनिक जग्गा अतिक्रमण

नवराज श्रेष्ठ 
रामेछाप, २३ फागुन । रामेछापको विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बजार विस्तार गरिएको छ । सडक विस्तार भएसँगै सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाइएको हो । सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाउँदा पनि सम्बन्धित निकाय मौन बसेको छ ।

मन्थली नगरपलिकाको फुलासी पोखरी डाँडा, दोरम्बा गाउँपालिका देउरालीको सार्वजनिक चौर, खोलाखर्क, खाँडादेवी गाउँपालिकाको गाल्पा, लिखु गाउँपालिका लगायतका ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बजार विस्तार गरिएको हो । सार्वजनिक जग्गामा घर टहार बनाइएको छ । सार्वजनिक जग्गा अतिक्रमण हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयको गुनासो छ ।

सार्वजनिक जग्गामा पक्की घर बनाइनुका साथै घडेरीको किनबेच पनि हुने गरेको छ । जग्गा अतिक्रमण भएको स्वीकार गर्दै स्थानीय तहले व्यवस्थित बसोबासको व्यवस्था मिालाउने र सार्वजनिक जग्गा अतिक्रमण रोक्ने आश्वासन दिएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर टहरा हटाउन स्थानीय तहले अहिलेसम्म पहल गरेको छैन । जसको कारण अव्यवस्थित बजार बढेको हो । सार्वजनिक जग्गामा बनाइएको घर टहराको व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);