सेमेस्टर प्रणाली लागु भए सँगै स्नातकोत्तर तहमा विद्यार्थी घट्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सेमेस्टर प्रणाली लागु भए सँगै स्नातकोत्तर तहमा विद्यार्थी घट्दै

इलाम, २३ फागुन । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा विद्यार्थीको सख्या घटेको छ । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागु गरेपछि स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीको संख्या घटेको हो । मानविकी र शिक्षा संकायको स्नातकोत्तर तहमा यो वर्ष १९ जना विद्यार्थी भर्ना भएका छन् ।

सेमेस्टर प्रणाली नहुँदा भर्ना गरेर घरमै बसेर पढ्ने विद्यार्थीको संख्या धेरै हुने गरेको थियो । तर सेमेस्टर प्रणालीमा ८० प्रतिशत अनिवार्य उपस्थिति हुनुपर्ने भएपछि विद्यार्थीको संख्या घटेको हो । २०५९ बाट महेन्द्ररत्न बहुमुखी क्याम्पसले आन्तरिक स्रोतबाट स्नातकोत्तर तह सुरु गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);