सेमेस्टर प्रणाली सुरु गरेपछि परिक्षा नतिजामा सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सेमेस्टर प्रणाली सुरु गरेपछि परिक्षा नतिजामा सुधार

tu

कविता कार्की

काठमाडौं, २४ साउन । त्रिभुवन विश्वविद्यालयलले स्नातोकत्तर तहमा सेमेस्टर प्रणाली सुरु गरेपछि परिक्षा नतिजामा सुधार आएको जनाएको छ । तथापी अझै धेरै कमीकमजोरी सुधार गर्न आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको सेमेस्टर प्रणाली आर्थिक वर्ष २०७०/७१ बाट कीर्तिपुरस्थित विश्वविद्यालयबाट सुरू गरेको हो । शैक्षिक सत्र २०७४ देखि उपत्यकाभित्र पूर्णरूपमा संचालन गरेको र शैक्षिक सत्र २०७५ देखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसहरुमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्ण रुपमा सेमेस्टर प्रणाली लागू गरेको छ ।

सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तिर्थराज खनियाको दावी छ ।

विगतको वार्षिक प्रणाली अन्तर्गत औषत ३५–४० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेकोमा अहिले सेमेस्टर प्रणाली अन्तर्गत औषतमा ६० प्रतिशतमाथि नतिजा आउन थालेको उनको भनाइ छ ।

वार्षिक प्रणालीको परीक्षाको परीक्षाफल प्रकाशनमा आठ/नौ महिना पर्खिनुपर्ने बाध्यतालाई मध्यनजर राख्दै स्नातकोत्तर तहको नतिजा प्रकाशनमा सुधार गरी परीक्षा सकिएको चार महिनाभित्र अनिवार्य नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान राखिएको छ । यसबाट विद्यार्थीले नतिजाको लागि लामो समय पर्खनु पर्ने र समय खेर फाल्नुपर्ने समस्याको समाधान भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);