विराटनगरमा सय घरको भान्सामा पाइप मार्फत बायोग्यास जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विराटनगरमा सय घरको भान्सामा पाइप मार्फत बायोग्यास जडान

gass

विराटनगर, २४ साउन । श्री कृष्ण गौसेवा सेवासदनले उत्पादन गरेको बायोग्यास घरघरमा जोडिएपछि विराटनगर महानगरपालिकाका वडा नम्बर १४ का स्थानीय हर्षित भएका छन् । हाल गौसेवा सदन आसपासका एक सय घरको भान्सामा पाइप मार्फत बायोग्यास जडान गरिएको छ ।

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्यास पाइप जोड्ने बताउँदा हाँसोको विषय बनाइएको थियो । तर, अहिले मोरङको विराटनगरस्थित श्रीकृष्ण गौसेवा सदनले गौशालाबाट उत्पादित बायोग्याँस पाइपमार्फत स्थानीय एक सय घरमा जोडेर हेर्दा सम्भव छ भन्ने सावित गरेको छ ।

३३ बर्ष अघि स्वामी रामदासजी महाराजको प्रेरणाबाट स्थापना भएको गौ सेवा सदनबाट उत्पादित ग्यास आफ्नो भान्सामा जोड्न पाउँदा स्थानीय पनि उत्साहित छन् । बृद्ध भएका र दुध खाइसकेपछि सडकमा छाडा छोडिएका २ सय ७ वटा गाईको मलमुत्र संकलन गरी बायोग्यास उत्पदन गरिएको हो ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गरिएको छ । पाइपबाट वायो ग्याँस वितरण गर्ने योजनासहित डेढ वर्ष अघिदेखि यो परियोजना निर्माण कार्य अघि बढाइएको थियो ।

श्रीकृष्ण गौसेवा सदनका अनुसार २ सय ७ गाई र बाच्छा बाच्छीबाट दैनिक करिब २ हजार किलो गोबर निस्कन्छ । त्यही गोबरलाई जम्मा पारेर ग्यास प्लान्टमा राखिन्छ र त्यसैबाट पाइपमार्फत घरघरमा पु-याउने काम भएको छ ।

एलपी ग्यासभन्दा गुणस्तरयुक्त रहेको बायोग्यासको मूल्य पनि सस्तो रहेको छ । ग्यास प्लान्टका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सहयोग गरेको छ भने यसमा भारतीय प्राबिधिकहरुले प्लान्ट निर्माणमा भूमिका निर्वाह गरेका छन् ।

बायो ग्यास उत्पादन गरेर उदाहरणीय काम गरेको गौसेवा सदनले गाई बिरामी भएमा उपचारका लागि चौबिस घण्टा पशुुचिकित्सकको समेत व्यवस्था गरेको छ । यती मात्र होइन गौसेवा सदनबाट उत्पादीत मल समेत देशका विभिन्न स्थानमा पु-याउने गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);