निगमको विवादित जग्गा प्रयोगमा नल्याउ : अख्तियार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निगमको विवादित जग्गा प्रयोगमा नल्याउ : अख्तियार

akhtiyar durupayog

काठमाडौं, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको विवादित जग्गा प्रयोगमा नल्याउन सरकारलाई सचेत गराएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहिबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको विवादित जग्गा तत्काल प्रयोगमा नल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सचेत गराएको जानकारी दिएका हुन् । उनले अख्तियारमा विचाराधिन ती सबै जग्गा सरकारले तत्काल प्रयोग गर्न नपाउने जानकारी अख्तियारबाट आएको स्पष्ट पारे ।

निगमको सो विवादित जग्गामा सरकारको पैसा परेकाले प्रयोगमा ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अख्तियारसँग कुरा गर्ने तयारी भएको उनको भनाइ छ । मन्त्री यादवले बालाजु औद्योगिक क्षेत्रमा उद्योग स्थानान्तरण गर्ने विषयमा पनि सरकारले विस्तृत अध्ययन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले आयात प्रतिस्थापनका लागि निर्यातजन्य बस्तुको उत्पादन र बजारीकरणमा जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

समितिका सदस्य भिमसेनदास प्रधानले नेपालमा थुप्रै खानीहरु रहेको भन्दै त्यसलाई उद्योगको रुपमा विकास गर्न वैदेशिक लगानी भित्रयाउन ढिलाई नगर्न सरकारलाई सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);