भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन अख्तियार प्रतिबद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन अख्तियार प्रतिबद्ध

काठमाडौं, १७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कार्वाहीको दायरामा ल्याउन आयोग प्रतिवद्ध रहेको बताए । बुधबार प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धि भ्रष्टाचारको मुद्दामा आयोगले गम्भिर अनुसन्धान गरिरहेको बताए ।

उनले वाईडबडि विमान खरिदका सम्बन्धमा आयोगले छानवीन सुरु गरेको पनि समितिलाई जानकारी गराए । प्रमुख आयुक्त घिमिरेले संविधानको दायरा भित्र रहेर भ्रष्टाचारको छानवीन गर्न आयोग प्रतिवद्ध रहेको बताए ।

आयोगले अनियमित काम नगर्न स्थानीय तहलाई पनि सचेत गराएको छ । प्रमुख आयुक्त घिमिरेले स्थानीय तहलाई अनियमित काम नगर्न सचेत गराए । उनले अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने आयोगको अधिकार कटौति भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन पनि समितिलाई आग्रह गरे ।

बैठकमा समितिका सदस्यहरुले आयोगको काम कार्वाही पारदर्शी र इमान्दार नदेखिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका थिए । समितिका सदस्य अमरेशकुमार सिंहले आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई किन कार्वाही नगरेको भनि प्रश्न गरेका थिए ।

समितिका अर्का सदस्य जनार्दन शर्माले स्वतन्त्रातापूर्वक अनुसन्धानको काम अघि बढाउन नसकेको भन्दै आयोगको आलोचना गरे । उनले आयोगले राजनीतिक प्रभावमा परेर भ्रष्टाचारमा संलग्नहरुलाई कार्वाही गर्न नसकेको बताए ।

समितिका सदस्यहरुले सरकारी निकायहरुमा हुने भ्रष्टाचारमाथि कडा निगरानी राख्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);