वाइडबडी बिमान खरीद छानबिनलाई उच्च प्राथमिकता : प्रमुख आयुक्त घिमिरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाइडबडी बिमान खरीद छानबिनलाई उच्च प्राथमिकता : प्रमुख आयुक्त घिमिरे

akhitiyar pramukh ghimire

काठमाडौं, १९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको अनुसन्धानमाथि कुनै पनि प्रकारको राजनीतिक दवाव नआएको दाबी गरेको छ । मंगलबार संसदको राज्यब्यवस्था समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले आयोगको अनुसन्धानमाथि कुनै पनि प्रकारका राजनीतिक दवाव नआएको प्रष्टयाएका हुन् ।

प्रमुख आयुक्त घिमिरेले वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धान भईरहेको पनि समितिलाई जानकारी गराए । हाल निगम संचालक समितिका पदाधिकारीहरुमाथिको अनुसन्धानको काम भईरहेको उल्लेख गर्दै उनले अव विदेशी कम्पनीहरुसँग अनुसन्धानको कामलाई अघि बढाउन १५ दिने सूचना जारी गरिएको पनि उल्लेख गरे ।

आयोगले स्थानीय तहमा भ्रष्टाचार बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सबै स्थानीय तहमा लेखा परीक्षण हेर्ने संयन्त्रको व्यवस्था गर्न सरकारलाई सचेत गराएको छ । बैठकमा समितिमा सदस्यहरुले राजनीतिक दवावका कारण अख्तियारले भ्रष्टाचारका ठूल्ठूला मुद्धामा अनुसन्धान गर्न नसकेको आरोप लगाएका थिए ।

समितिका सदस्यहरुले जनताले भ्रष्टाचार बढदै गईरहेको महसुस गरेपनि त्यसलाई नियन्त्रण गर्ने काम हुन सकेको भन्दै चिन्ता पनि व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);