टिकापुर घटनामा सम्लग्न ४ जना आज रिहा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

टिकापुर घटनामा सम्लग्न ४ जना आज रिहा हुँदै

काठमाडौं, ३ असोज । टिकापुर घटनामा संलग्न भएको आरोपमा कारागारमा रहेका ४ जना आज रिहा हुँदैछन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलाली जिल्ला कारागारमा रहेका ३ सहित सो घटनाका ४ जनालाई रिहा गरेका हुन् ।

२०७४ अनुसार बाँकी कैद माफी गरिदिएपछि कैलाली कारागारमा रहेका ३ र पोखरा सुधार गृहमा रहेका नाबालक एक जना पनि आज कैद मुक्त हुँदैछन् ।

वीरबहादुर चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी रिहा हुन लागेका हुन् । घटनाका मुख्य दोषी ठहर भएका रेशमलाल चौधरी जेलमुक्त भइसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);