नेपाल र ओमनबीच कूटनीतिक स्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपाल र ओमनबीच कूटनीतिक स्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता

काठमााडौं, १२ असोज । नेपाल र ओमनबीच कूटनीतिक स्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको छ ।

ओमनको मस्टकस्थित ग्राण्ड ह्यात होटलमा एक कार्यक्रमकाबीच ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता दुवै देशबीचको सम्बन्ध थप उचाइमा पु¥याउन कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ बर्ष पुगेका अवसरमा सम्झौता भएको हो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्सको अबुधाबी हुँदै ओमन पुगेको हो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);