नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना 

काठमाडौं । नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ । 

अमेरिकाको न्युर्योकस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो । 

कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र दक्षिण सुडानको तर्फबाट राष्ट्रसंघका लागि दक्षिण सुडानका स्थायी प्रतिनिधि तथा राजदूत अकुई बोना मलवालले हस्ताक्षर गरेका थिए ।  

दुवै देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघका महासचिवलाई दिएका छन् । उनीहरुले संयुक्त पत्र लेखि सो जानकारी गराएका थिए । दक्षिण सुडान सन् २०११ मा भएको जनमतसंग्रह मार्फत सुडानबाट स्वतन्त्र भएको थियो । सुडान भूवेरिवेष्ठित राष्ट्र हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);