मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन हुन्छ : आयोग | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०७९, बुधवार

मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन हुन्छ : आयोग

काठमाडौं, २६ भदौ । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै आपत्ति जनाएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका लागू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको उल्लंघन हुने बताए।

‘मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता पालना भएको मानिनेछैन । सरकार कसरी अघि बढ्छ, त्यसैअनुसार प्रतिक्रिया आउनेछ’, दाहालले भने ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयाेग पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘सरकार भोलि कसरी अघि बढ्छ, त्यसैअनुसार प्रतिक्रिया आउँछ’, यादवले भने । आजको नागरिक दैनिकमा खबर छ ।