आचारसंहिता उल्लंघन नगर्न सञ्चारकर्मीलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

काठमाडौँ, १८ असोज । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न संचारकर्मीहरुलाई सचेत गराएको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा संचारकर्मीहरुलाई पनि निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरेका हुन् । बुधबार काठमाडौंमा आयोजित ‘आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन र संचार मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने काममा संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरेका छन् ।

आयुक्त दाहालले निर्वाचनका बेला समाचार बनाउँदा जनमत बिग्रन नदिन पनि संचारकर्मीहरु संवेदनशील हुनुपर्नेमा स्मरण गराएका थिए । निर्वाचन आयुक्त दाहालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सरोकारवाला सबै निकायको सक्रीय सहयोगको आवश्यक्तामा पनि जोड दिनुपर्ने बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);