नेपाल पत्रकार महासंघको चुनावको मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल पत्रकार महासंघको चुनावको मतगणना जारी

काठमाडाैं, २७ चैत । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि बुधवार सम्पन्न चुनावको मतगणना जारी छ ।

देशभरका ७७ जिल्लामा भएको चुनावको ६० भन्दा बढी जिल्लामा गणना सकिएको छ भने काठमाडौंको केन्द्र लगाएत केहि जिल्लाहरुमा गणना जारी छ ।

अहिलेसम्म सम्पन्न मतगणना अनुसार अध्यक्षका उम्मेदवार विपुल पोखरेलको प्यानलले नै अग्रता बनाएको छ । १२ सय ३४ मत परेको काठमाडांैको केन्द्रमा अहिले मत गणना सुरु भएको छ ।

केन्द्रीय अध्यक्षमा पोखरेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उम्मेदवारी रहेको छ । यस्तै, प्रतिष्ठानतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । यस्तै, एसोसिएटतर्फको पनि मतगणना चलिरहेको छ ।

बुधबार ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);