रसुवा प्रदेशसभा ‘क’ मा काँग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रसुवा प्रदेशसभा ‘क’ मा काँग्रेस विजयी

रसुवा, २२ मंसिर । रसुवामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामाले ६ हजार ९७६ मत ल्याई प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ काँग्रेसका मोहन आचार्यले ७ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले ५ हजार २ सय ६३ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);