कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना शुरु

पोखरा, २२ मंसिर । कास्कीमा प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेदीले जानकारी दिए।

उनका अनुसार क्षेत्र नं १ को क्षेत्रीय शिक्षा कार्यालय, क्षेत्र नं २ को डिभिजन सहकारी कार्यालय र क्षेत्र नं ३ को जिल्ला समन्वय समितिबाट मतगणना भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);