काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को मतगणना पुनः शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को मतगणना पुनः शुरु

काठमाडौँ, २३ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को मतगणना पुनः शुरु भएको छ । केही मतपत्रमा प्रमुख निर्वाचन अधिकृतको हस्ताक्षर नभेटिएपछि उत्पन्न विवादका कारण केहि समयका लागि मतगणना स्थगित भएको थियो । दलीय प्रतिनिधिबीच भएको सहमतिपछि मतगणना पुनः शुरु भएको हो

प्राप्त पछिल्लो मतपरिणाम अनुसार, एमालेका महासचिवसमेत एवं वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलले १९ हजार ७०४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत ८ हजार ७४९ मत प्राप्त गरेका छन् ।