मतगणना सकियो : ४६२३ मत खस्दा देउवाले पाए २७३३, बदर मत ३५, गृहमन्त्री खाड सभागृहमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मतगणना सकियो : ४६२३ मत खस्दा देउवाले पाए २७३३, बदर मत ३५, गृहमन्त्री खाड सभागृहमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् । २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।

मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह आइपुगेका छन् । उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरिरहेका छन् ।    

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);