कांग्रेस सभापति निर्वाचन : ७४४ मत गन्नुअघि नै देउवा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कांग्रेस सभापति निर्वाचन : ७४४ मत गन्नुअघि नै देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई भारी मतले पराजित गर्दै दोस्रोपटक सभापति निर्वाचित भएका हुन् ।

मंगलबार राति ९ बजेसम्म सम्पन्न मतदानमा खसेको ४५६२ मतमा देउवालाई जितका लागि ५० प्रतिशतभन्दा बढी खर्थात २२८२ मत आवश्यक थियो । देउवाले ७४४ मत गणना हुनुअघि नै ५० प्रतिशत कटाएर सभापतिमा सहज जित हासिल गरेका हुन् । ३८१९ मत गणना गर्दा देउवाले २२८८ मत हासिल गरेका छन् ।

उनका प्रतिद्वन्द्वी कोइरालाले १५०१ मत प्राप्त गरेका छन् । शेखरसँग मतान्तर नै ७८७ रहेको छ । यद्यपि मतगणना जारी छ । अन्तिम मतपरिणाम निर्वाचन समितिले केही बेरमा सुनाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);