कांग्रेस सभापति निर्वाचन : हजार मत गन्नुअघि नै देउवा जितनजिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कांग्रेस सभापति निर्वाचन : हजार मत गन्नुअघि नै देउवा जितनजिक

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा जित नजिक पुगेका छन् । जारी मतगणनामा वर्तमान सभापति एवं प्रधानमन्त्री देउवाले दुई हजारभन्दा बढी मत प्राप्त गरिसकेका छन् । देउवालाई जितका लागि २२८२ मत आवश्यक छ ।

३५१८ मतगणना गर्दा देउवा २१०७ मत प्राप्त गरिसकेका छन् । अझै एक हजार मत गन्न बाँकी रहँदै देउवाको जित सुनिश्चित भएको हो । एक हजार मत गन्न बाँकी रहँदा देउवालाई ५० प्रतिशत कटाउन १७५ मतमात्र आवश्यक छ । शेखर कोइरालाले भने १३८४ मत प्राप्त गरेका छन् । उनी पराजित हुने लगभग निश्चित भएको छ । मतगणनामा २७ बदर भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);