किष्ट मेडिकल कलेजमा स्वास्थ्य सेवा ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किष्ट मेडिकल कलेजमा स्वास्थ्य सेवा ठप्प

फूलमाया आले

काठमाडौ, ७ पुस । कर्मचारीको आन्दोलनका कारण दश दिनदेखि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा स्वास्थ्य सेवा ठप्प भएको छ । कर्मचारी आन्दोलनका कारण स्वास्थ्य उपचार गर्न पाउने आफूहरुको अधिकार नै कुण्ठित भएको विरामीहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य उपचार गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । तर, ललितपुरको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल व्यवस्थापन पक्ष र कर्मचारीबीचको विवादका कारण नागरिक स्वास्थ्य उपचार गर्न पाउने हकबाट बञ्चित भएका छन् ।

विभिन्न १५ सुत्रीय माग राख्दै विगत ६ महिनादेखि आन्दोलनरत कर्मचारीले गत मंसिर २८ गतेदेखि आकस्मिक बाहेक सबै सेवा बहिस्कार गरेका छन् । तर, चिकित्सकहरु नै आन्दोलनमा उत्रिएपछि आकस्मिक सेवासमेत प्रभावित भएको छ।

अस्पतालमा जम्मा ५ सय ५ जना कर्मचारी छन् । अस्पतालको आकस्मिक कक्ष खुल्ला रहेकोले त्यसमा कार्यरत १ सय १० जना चिकित्सकले सेवा दिइरहेका छन् । ओपिडिको काउण्टर तथा अन्य विभागमा कार्यरत ३ सय ९५ जना कर्मचारी धर्नामा बसिरहेका छन् ।

उता अस्पतालमा उपचारका लागि आएका बिरामीले भने आफूहरुको स्वास्थ्य अधिकार हनन् भएको गुनासो गरेका छन् ।

व्यवस्थापन पक्षले आफ्ना माग पूरा नगरेसम्म धर्नामा बसिरहने कर्मचारीको अडान छ । कर्मचारी आन्दोलनबारे जिज्ञासा राख्दा अस्पताल व्यवस्थापन पक्षले भने कुनै प्रतिक्रिया दिन मानेन । व्यवस्थापन र कर्मचारीबीचको विवादका कारण विरामीले थप दु:ख पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);