किष्ट अस्पतालको कर्मचारी आन्दोलनमा, आकस्मिक बाहेकका सबै सेवा ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, ११ पुष । ललितपुर ग्वार्कोको किष्ट अस्पतालको कर्मचारी सेवा सुविधा माग गर्दै १३ दिनदेखि कर्मचारीहरु आन्दोलनमा छन् ।

कर्मचारीको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ ।

गएको असार २० गते तलब भत्ता वृद्धि गर्नु पर्ने लगायत १५ सुत्रीय माग अनुसार अस्पताल प्रशासनसँग सहमति भए पनि त्यो लागू नभएको भन्दै कर्मचारीले आन्दोलन थालेका हुन् । माग पूरा गर्न व्यवस्थापन पक्षले वेवास्ता गरेको कर्मचारीहरुको गुनासो रहेको छ ।

काम ठप्प पारे पनि कर्मचारी अस्पताल पुग्ने गरेको र बिरामीलाई सहयोग गर्ने गरेका छन् । अस्पताल प्रशासनले भने माग पूरा डाक्टर बाहेकका सबै स्वास्थ्यकर्मी र कर्मचारीको हाजिरी नै काटिदिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);