नेपाल औषधि लिमिटेडले माघ दोस्रो साताबाट सिटामोल उत्पादन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल औषधि लिमिटेडले माघ दोस्रो साताबाट सिटामोल उत्पादन गर्ने

काठमाडौं, ११ पुस । नेपाल औषधि लिमिटेडले आगामी माघ दोस्रो साताबाट सिटामोल उत्पादन गरी बजारमा लैजाने तयारी गरेको छ ।

नेपाल औषधि लिमिटेडले मंगलबार पत्रकार सम्मेलन गरी आगामी माघ दोस्रो साताबाट सिटामोल उत्पादन गरी बजारमा लैजाने तयारी भईरहेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजान तयारी भईरहेको जानकारी दिए ।

उद्योग मन्त्रालयले सिटामोल उत्पादनको काम एक वर्ष अघि नै सुरु गर्न कम्पनीलाई निर्देशन दिएको थियो । तर बजेट अभावका कारण एक वर्ष अघि सिटोमोल उत्पादनको काम अघि बढाउन नसकिएको कम्पनीका महाप्रवन्धक सुवेदीले स्पष्ट पारे ।

कम्पनीले जीवन जल उत्पादन गर्दै आएको छ । महाप्रबन्धक सुवेदीले विनियोजित बजेट अनुसार नयाँ नयाँ औषधि उत्पादनको काममा तीव्रता दिने योजना पनि अघि सारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);