दुई वर्ष भित्र माग अनुसार सिटामोल उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुई वर्ष भित्र माग अनुसार सिटामोल उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको तयारी

medicine

काठमाडौं, २६ कात्तिक । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ ।

सिटामोलको माग बढि रहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्ष भित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो । २ वर्ष भित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने र सो योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले जानकारी दिए । लिमिटेड बोर्ड बैठकले अव छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना बनाएको छ ।

लिमिटेडले जीवन जल र सिटामोल उत्पादन गर्दै आएको छ । अव छिट्टै सिटाप्लस उत्पादनको काम सुरु हुने महाप्रबन्धक सुवेदीले बताएका छन् । सिटाप्लस उत्पादनका लागि यो वर्ष २ वटा मेसिन थप्ने तयारी गरिएको छ । बजेटको आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कुरा भईरहेको पनि लिमिटेडले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);