कर्णाली प्रदेश अस्पतालको नयाँ भवन समितिलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्णाली प्रदेश अस्पतालको नयाँ भवन समितिलाई हस्तान्तरण

सुर्खेत, २८ भदौ । कर्णाली प्रदेशमा निर्माण गरिएको प्रदेश अस्पतालको नयाँ भवन अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

शनिबार एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शहरी विकास मन्त्रालयको रोहोवरमा अस्पतालको नयाँ भवन अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले यो अस्पतालको सञ्चालनसंगै कर्णाली प्रदेशका जनता सामान्य बिरामी हुँदा समेत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले अस्पतालका लागि चाहिने सबै खालका जनशक्ति तथा टेन्डर पनि भईसकेको जानकारी दिनुभयो । उहाँले यस आर्थिक बर्षको अन्त्य अगावै ३ सय शैयाको अस्पताल सञ्चालन गर्नका लागि आफुहरु लागिपरेको समेत बताउनु भयो ।

भवन मात्र भएर नहुने भन्दै कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्मर खड्काले अस्पतालमा अहिले जे जस्तो भए पनि आउने दिनमा छिटै मानवीय शक्ति र उपकरणका साधनले भरिपुर्ण बनाउने बताउनु भयो । अस्पताल हस्तान्तरणसंगै स्थानीयले छिटोछरितो स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);