सामुदायिक विद्यालय सन्चालन गर्न बुझाए प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सामुदायिक विद्यालय सन्चालन गर्न बुझाए प्रतिवेदन

पर्सा, १६ असोज । पर्सा जिल्ला ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय सन्चालन गर्ने सम्बन्धमा सरोकारवाला पक्षसंग छलफल गरेर राय सुझाव सहित प्रतिवेदन पेस गर्न गापाले गठन गरेको समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गापा कार्यालय घ्याङडाँडामा अध्यक्ष पदमलाल श्रेष्ठलाई समितिका तर्फबाट समिति संयोजक वडाध्यक्ष किशोर तामाङले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

ठोरी गाउँ पालिकाका सबै विद्यालय पुगेको समितिले विद्यालय अनुगमनका क्रममा सम्बन्धित विद्यालयको विव्यसका पदाधिकारीहरु , प्रधानाध्यापक , शिक्षक तथा अभिभावकहरुसित अन्तरक्रिया गरी विद्यालयका समस्याहरुका साथै विद्यालय सञ्चालन गर्ने सवालमा सम्बन्धित सबै पक्षको रायसुझाव सङ्कलन गरेर प्रतिवेदन तयार पारेको थियो।बुधबार गापा कार्यालयमा अध्यक्ष श्रेष्ठलाई प्रतिवेदन बुझाइएको समितिका सदस्य सचिव शिक्षा संयोजक भुपाल कुमार जोशीले जानकारी दिए।

सो अवसरमा प्रतिवेदन बुझ्दै गापा अध्यक्ष श्रेष्ठले समितिको सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । समितिका तर्फबाट वडाध्यक्ष किशोर तामाङले अध्यक्ष श्रेष्ठकै कार्यकक्षमा तत्काल विद्यालय सन्चालन गर्न सकिने विकल्प सहितको प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझेपछी गापा अध्यक्ष श्रेष्ठले समितिले सुझाएकै आधारमा विद्यालय सन्चालन गर्ने सवालमा अघि बढ्ने बताए। उनले प्रतिवेदन अध्ययन गरेर छिट्टै स्वास्थ्य सावधानी अपनाएर विद्यालय सन्चालन गर्ने विषयमा निर्णय गरिने प्रष्ट पारे।

सो अवसरमा गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, समिति सदस्यहरु सरस्वती माविका प्रधानाध्यापक केशव प्रसाद रेग्मी, मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा, शिक्षक महासंघ ठोरी अध्यक्ष अमृत श्रेष्ठ, महासंघ उपाध्यक्ष गोपिलाल श्रेष्ठ, ज्ञानज्योति मावि घ्याङडाँडाका प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेल लगायतको पनि उपस्थिति थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);